काठमाडौँ-नेकपा एमालेका सचिव महेश बस्नेतले नेकपा एमाले र आफ्नो चुनावी मुख्य मुद्दा राष्ट्रियता जोगाउने भएको बताउनुभएको छ। आज भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेपछि प्रतिक्रिया दिँदै सचिव बस्नेतले यस्तो बताउनुभएको हाे।
‘फागुन २१ को चुनाव होला कि नहोला भन्ने आशङ्कामा दलहरू थिए । सरकारका गतिविधि र कांग्रेसको विवादले त्यो शंका थपिएको थियो’, सचिव बस्नेतले भन्नुभयाे, ‘माघ ६ गतेसम्म आउँदा दर्ता प्रक्रिया भएको छ।’
सचिव बस्नेतले एमाले सर्तकतापुर्वक निर्वाचनमा गएको भन्दै विगतमा एमालेले गरेका कामहरूलाई केन्द्रित भएर घोषणापत्र बनाउँदै मतदातासँग जाने बताउनुभयाे ।
सचिव बस्नेतले लोकतान्त्रिक व्यवस्था र बहुदलीय व्यवस्था जोगाउने कुरामा दृढताका साथ लाग्ने भन्दै भक्तपुरमा मित्रवत् प्रतिस्पर्धा हुने बताउनुभयाे।






प्रतिक्रिया