अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमकका मेयरले पाेखे अध्यक्ष ओलीसँग दुखेसो: ‘जसले मेरो घर जलाए उनीहरुले नै बालेनलाई घर भाडामा लगाएका छन्’

दमकका मेयरले पाेखे अध्यक्ष ओलीसँग दुखेसो: ‘जसले मेरो घर जलाए उनीहरुले नै बालेनलाई घर भाडामा लगाएका छन्’


दमक-झापाको दमक नगरपालिकाका मेयर राम थापाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई २०८२ भदौ २४ गते जलेको आफ्नो घर देखाउनुभएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गराउन झापा आउनुभएका एमाले अध्यक्ष ओलीलाई थापाले आज आफ्नै जलेको निवासस्थलमा लगेर घटना बारे जानकारी गराउनुभएकाे हो। जलेको घर देखाउँदै मेयर थापाले भन्नुभयाे, ‘जसले मेरो घर जलाए, उही अहिले आफ्नो घर बालेनलाई कार्यालय राख्न दिएका छन्।’

यसप्रति एमाले अध्यक्ष ओलीले जवाफ दिनुहुँदै भन्नुभयाे, ‘यिनीहरू एउटै खालका हुन्।’

झापा-५ बाट प्रतिनिधि सभा निर्वाचन लड्न बालेन पनि दमक पुग्नु भएकाे छ। उहाँले निर्वाचन प्रचारका लागि दमकमा घर भाडामा लिनु भएकाे छ।