झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष ओलीले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर अध्यक्ष ओलीले उम्मेदवारी दर्ता गराउनुभएकाे हाे। अध्यक्ष ओलीको समर्थक मेनुका काफ्ले र प्रस्तावक रोमनाथ ओली रहेका छन्। अध्यक्ष ओली अघि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले उम्मेदवारी दर्ता गराएका थिए ।
अध्यक्ष ओलीको साथमा कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले सचिव हिक्मत कार्की साथै नेता कार्यकर्तासहित निर्वाचन कार्यालय पुगेका थिए।
अध्यक्ष ओली यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो।










प्रतिक्रिया