दाङ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनुभएको छ। आज दाङ क्षेत्र नम्बर २ बाट उमेदवार बनेका महासचिव पोखरेलले झाँकी जुलुस र बाजागाजासहित घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउनुभएको हो।
महासचिव पोखरेलको प्रस्तावकमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य शम्भु गौतम र समर्थकमा लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य रहनु भएको छ। उहासँगै दाङ निर्वाचन क्षेत्र नम्बर २ मा हालसम्म ६ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। यसैबिच नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्य मनोनयन दर्ता गराइसक्नु भएको छ।
यस्तै, जनमोर्चाबाट मनिराम खनाल, रास्वपाका विवेक आचार्यलगायतको उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।यस्तै मनोनयन दर्ताका लागि नेपाली कांग्रेसका किरणकिशोर घिमिरे पनि कार्यालयमा पुग्नु भएको छ।

मनोनयन दर्ता पश्चात् संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै महासचिव पोखरेलले देश र जनताका लागि आफ्नो उमेदवारी भएको बताउनुभयो। दाङमा मात्रै होइन समग्र मुलुकको सम्वृद्विमा सधैं प्रतिवद्व रहने उहाँको भनाई छ। नेपाली कांग्रेसको जगजगीबीच २०५१ सालमा दाङ क्षेत्र नम्बर ३ बाट कांग्रेसका स्थापित नेता दीपक गिरीलाई पराजित गरेर संसद प्रवेश गरेका थिए।
२०५६ सालको चुनावमा काँग्रेस नेता कृष्णकिशोर घिमिरेसँग पराजित पोखरेल २०६४ को संविधान सभा चुनावमा समानुपातिक सांसद बने । २०७० मा भएको दोस्रो संविधान सभा चुनाव भने उनी काँग्रेस नेता बुद्विराम भण्डारीसँग पराजित बने । २०७४ सालमा प्रदेश सांसदमा निर्वाचित भएका उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री समेत बनेका थिए । २०७९ सालमा काँग्रेस(माओवादी गठबन्धनसँग पराजित महासचिव पोखरेल यसपटक जसरी पनि जित निकाल्नुपर्ने दबाबमा छन् ।
उनीसँग दाङ(२ मा काँग्रेसका किरणकिशोर घिमिरे,नेकपाका निर्मल आचार्य र रास्वपाका विपिन आचार्य प्रतिष्पर्धामा छन् ।








प्रतिक्रिया