झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफूले दोब्बरभन्दा बढी मतले विजयी हुने दाबी गर्नुभएको छ।
झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट उमेदवार मनोयनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हाे।
अध्यक्ष ओलीले झापाका मतदाताले देशप्रेमी र दृढ नेतृत्वलाई छनोट गर्ने बताउनुभयाे। ‘कसले व्यक्तिका घर जलायो, सरकारी कार्यालय जलायो र को मुलुकका पक्षमा दृढताका साथ उभियो भन्ने कुरा यहाँका जनतालाई थाहा छ,’ अध्यक्ष ओलीले भन्नुभयाे, ‘मेरो कसैसँग पनि प्रतिस्पर्धा हुँदैन दोब्बरभन्दा बढी मतले जित्नेछु।’
उम्मेदवारी मनोनयअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले उम्मेदवारी मनोनयन क्रममा एमालेलाई रास्वपाका कार्यकर्ताले केही डिस्टर्व गर्न खोजेको बताउनुभयाे। उहाँले शान्तिपूर्ण चुनाव गर्न सरकारको ध्यान जानुपर्ने भन्दै झापाका ५ वटै निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार निर्वाचित हुने दाबी गर्नुभयाे ।
अध्यक्ष ओलीको आधार इलाका झापा–५ मा रास्वपाबाट बालेन शाह र नेकपाबाट रञ्जित तामाङ लगायतले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्।







प्रतिक्रिया