काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई जिस्काउनु र बिच्काउनु महँगो पर्ने चेतावनी दिनुभएको छ। झापा-५ मा उम्मेदवारी दर्ता गर्न पुग्नुभएको अध्यक्ष ओलीले सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यस्तो बताउनुभएको हो।
आज (मंगलबार) झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले झकेलाधकेल गरेको थियो।
सोही घटनालक्षित गर्दै अध्यक्ष ओलीले सञ्चारकर्मीहरुसँग भन्नुभयो ‘एमालेलाई जिस्काउनु र बिच्काउनु भनेको महँगो हुन जान्छ, त्यो कसैले पनि नगर्दा हुन्छ।’
रास्वपा अहिलेको सरकार संरक्षित दल भएको अध्यक्ष ओलीले बताउनुभयो। ‘देशमा फेरि पनि आगो लगाउन लागिरहेका छन्, तिनले भ्रम पार्न खोज्दैछन्, नयाँ पिढिमा भ्रम छ, देश बचाउनका लागि अनुभवि नेतृत्व चाहियो,’ अध्यक्ष ओलीले भन्नुभयो।
झपा क्षेत्र नम्बर ५ मा रास्वपाबाट बालेन्द्र शाहले उम्मेदवारी दिएका छन्।






प्रतिक्रिया