इलाम-नेकपा एमालेका केन्द्रीय सदस्य सुहाङ नेम्वाङले इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ।
माघ ६ गते मंगलबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराउनुभएको हो।
उम्मेदवारी दर्तापछि नेता नेम्वाङले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सबै मिलेर भव्यताका साथ सफल पार्नुपर्ने बताउनुभयो। ‘सुशासन, विकास र समृद्धिको लागि हाम्रो साझा यात्राले रूपान्तरणको गन्तव्यमा अवश्य नै पुर्याउनेछ भन्ने प्रतिबद्धता सहित हामीलाई अत्यधिक बहुमतले विजयी गराउनुहुनेछ भन्ने अपेक्षा लिएको छु’, नेम्वाङले भन्नुभयाे।






प्रतिक्रिया