ताप्लेजुङ-ताप्लेजुङको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेबाट क्षितिज थेबेले उम्मेदवारी दर्ता गराउनुभएको छ। मंगलबार पार्टीका कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर थेबेले उम्मेदवारी दर्ता गर्नुभएको हो।
थेबे एमाले निकट युवा सङ्घका अध्यक्ष समेत हुन्। थेबेको उम्मेदवारी दर्ता गर्न एमाले उपमहासचिव योगेश भट्टराई समेत सहभागी भएका थिए।






प्रतिक्रिया