गोरखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेकाबाट आरसी लामिछानेले उम्मेदवारी दर्ता गराउनुभएको छ। नेता लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर माघ ६ गते मंगलबार गोरखा क्षेत्र नम्बर १ मा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो।
नेता लामिछानेको मनोनयन पत्रमा एमाले नेता सुजन सिंखडा प्रस्तावक र काजीराम रोका समर्थक बसेका छन्। उम्मेदवारी दर्ताका क्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।






प्रतिक्रिया