काठमाडौं-नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ। माघ ६ गते मंगलबार नेता पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएको हो ।
उम्मेदवारी दर्तापछि नेता पोखरेलले आफूले निर्वाचन जित्ने विषयमा पूर्ण विश्वस्त रहेको बताउनुभयाे। राजनीति स्थायित्व जरुरी रहेको बताउँदै उहाँले राजनीति स्थायित्वको लागि भूमिका खेल्ने प्रतिबद्धता बताउनुभयाे।
नेता पोखरेलले भन्नुभयाे, ‘प्रतिस्पर्धाको लागि उम्मेदवारी दर्ता गराइयो। विजयको अपेक्षा पूर्ण रुपमा गर्दै मैले उम्मेदवारी दर्ता गरेको छु। विकास निर्माणका मुद्दाहरुलाई उठाउँछौँ। राजनीति स्थायित्व जरुरी छ। त्यो राजनीति स्थायित्वको लागि आफ्नो ठाउँबाट भूमिका निभाउने छु।’
निर्वाचन जित्ने ठूलो आधार जनताको समर्थन भएको भन्दै नेता पोखरेलले एमालेको जित सुनिश्चित भएको दाबी गर्नुभयाे। काठमाडौं क्षेत्र नं. ५ बाटै राप्रपाका कमल थापाले उम्मेदवारी दर्ता गराइसकेका छन्।






प्रतिक्रिया