अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिरहा-३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठको मनोनयन दर्ता

सिरहा-३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठको मनोनयन दर्ता


काठमाडाैँ-नेकपा एमालेको केन्द्रीय सदस्य तथा मधेस प्रदेश इन्चार्जसमेत रहेका पूर्वकानुन मन्त्री लीलानाथ श्रेष्ठले मनोनयन दर्ता गराउनुभएको छ।

नेता श्रेष्ठले मंगलबार सदरमुकाम सिरहा स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो।

श्रेष्ठ यसअघि २०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि सिरहा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।

लामो समयदेखि राजनीति र सामाजिक अभियानमा सक्रिय रहेका श्रेष्ठ अबल र अनुभवी नेताका रूपमा सिरहामा परिचित छन्। लिलानाथ श्रेष्ठ सिरहाको गोलबजार नगरपालिका–७ स्थायी बासिन्दा हुन्। आफ्नै क्षेत्रबाट पुनः उम्मेदवारी दिएसँगै सिरहा–३ मा निर्वाचनको माहोल थप रोचक बनेको छ।