रुपन्देही – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ।
उपाध्यक्ष पौडेलले निर्वाचन अधिकृतको कार्यालय बुटवल देवीनगर पुगेर माघ ६ गते मंगलबार आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो। उपाध्यक्ष पौडेलको समर्थकमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी र प्रस्तावकमा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठ रहनु भएको छ।
उपाध्यक्ष पौडेलले यो क्षेत्रबाट २०६४ सालदेखि लगातार निर्वाचन जित्दै आउनुभएको छ।
यसैगरी रुपन्देही २ बाटै नेपाली कांग्रेसकातर्फबाट चुन्नप्रसाद पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ। रुपन्देही २ बाटै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट नारायण नागिलाले उमेदवारी दर्ता गराउनु भएको छ। त्यसैगरी नेकपाको तर्फबाट विश्वदीप पाण्डेले समेत रुपन्देही २ बाटै उमेदवारी दिनुभएको छ। त्यसैगरी रास्वपाबाट सुलभ खरेलले उम्मेदवारी दर्ता गराउनुभएको छ।






प्रतिक्रिया