अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा-२ बाट निवर्तमान सभामुख घिमिरेको उम्मेद्वारी दर्ता

झापा-२ बाट निवर्तमान सभामुख घिमिरेको उम्मेद्वारी दर्ता


दमक-निवर्तमान सभामुख देवराज घिमिरेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर-२ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ। नेकपा एमालेको तर्फबाट उहाँले उम्मेद्वारी मनोनयन गराउनु भएको हो।

घिमिरेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी मनोनयन गराउनु भएको थियो। उहाँ अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएर सभामुखको जिम्मेवारी सम्हाल्नुभएको थियो।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले लोकतन्त्र सुदृढीकरण, स्थायित्व र विकासका लागि जनताको विश्वास आवश्यक रहेको उल्लेख गर्नुभयो। 

निवर्तमान सभामुख घिमिरेको उम्मेदवारीसँगै झापा–२ को चुनावी प्रतिस्पर्धा थप चर्किने र हेभी वेट उम्मेदवारहरूबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।