दमक-नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेएनजी आन्दोलनको आवरणमा मुलुकको प्रमुख संरचनामा आगजनी र तोडफोड गरिएको संरचना आफूहरुले बनाउने बताउनुभएको छ।
देशको संरचना जलाएर-भत्काएर–तोडफोड गरेर नयाँ नेपाल नबन्ने उहाँले बताउनुभयो। मंगलवार बिहानैदेखि अध्यक्ष ओली दमक क्षेत्रमा जेएनजी आन्दोलनको क्रममा क्षतिग्रस्त संरचनाको स्थलगत अवलोकन गर्ने क्रममा सो कुरा बताउनुभएको हो।
अध्यक्ष ओलीले इलाका प्रहरी कार्यालय दमक, दमक नगरपालिका कार्यालय, दमक नगर प्रमुख रामकुमार थापाको निवास तथा स्थानीय बुद्धि थापाको घरको अवलोकन गर्दै जलाएर र भत्काएर मूलक बनाउने सपना देख्नु नहुने बताउनुभयो। ‘जलाउन र भत्काउन सजिलो छ तर बनाउन धेरै गाह्रो छ’ उहाँले भन्नुभयो। जेएनजी आन्दोलनपछि उहाँ पहिलो पटक दमक आउनुभएको हो।
अवलोकनको क्रममा अध्यक्ष ओलीले आगजनी र तोडफोड गर्ने काम नेकपा (एमाले) को नीति र चरित्र नभएको स्पष्ट पार्दै एमालेले सधैं निर्माण र विकासको बाटो अपनाउँदै आएको बताउनु भयो। ‘हाम्रो काम जलाउने र भत्काउने होइन, भत्केको र विग्रेको एमालेले बनाउँछ’ उहाँँले भन्नुभयो।






प्रतिक्रिया