बागलुङ-आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका युवा नेता हिराबहादुर केसीले बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ।
नेता केसीले बागलुङ निर्वाचन क्षेत्र नम्बर-१ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ। केसीको समर्थकमा एमाले नेता इन्द्रलाल सापकोटा र समर्थकमा डा. सूर्य पाठक रहनु भएको छ।
नेता केसी एमाले बागलुङका निवर्तमान अध्यक्ष र हाल केन्द्रिय सदस्य हुन्। पार्टीको जिल्ला अध्यक्ष भएपछि बागलुङमा पार्टी संगठन विस्तारका लागि नेता केसीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियाे। त्यस क्रममा तत्कालीन नेकपा (एकीकृत समाजवादी) पार्टीबाट १५ सयभन्दा बढी कार्यकर्ता एमालेमा केसीकै पहल प्रवेश गरेका थिए। एमाले पङ्क्तिमा केसीलाई बागलुङको हिरा र एमालेको मोती भनेर चिनिन्छ।






प्रतिक्रिया