काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति हिजो देशभर मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि स्वतन्त्रसहित विभिन्न ६८ वटा राजनीतिक दलबाट मनोनयन दर्ता भएको छ ।
निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार, देशभर ३४ सय ८४ जनाले उमेदवारी दर्ता गराएका छन् । सबैभन्दा धेरै ४६.२ प्रतिशत उम्मेद्वार ३६ देखि ५० वर्ष उमेर समूहका रहेका छन् । यो उमेर समुहका १६ सय १० जनाको उमेदवारी परेको आयोगले जनाएको छ ।
५१ देखि ६५ वर्ष उमेर समूहका ३१.२ प्रतिशत उम्मेद्वार रहेका छन् । यो उमेर समुहमा १ हजार ९० जनाले उमेदवारी दिएका छन् ।
२५ देखि ३५ वर्ष उमेर समूहका १६.७ प्रतिशत उम्मेद्वार रहेका छन् । यो उमेर समुहमा ५ सय ८३ जना र ६५ वर्ष भन्दा माथीका ५.७ प्रतिशत उम्मेद्वार रहेका छन् । यस उमेर समुहमा २सय १ जनाले उमेदवारी दिएको आयोगले जनाएको छ ।
३४ सय ८४ जनाले उमेदवारी दर्ता भएकामा ३९५ महिला र तीन हजार ८८ पुरुष तथा अन्य एक उमेदवार छन् ।
राजनीतिक दलको तर्फबाट दुई हजार २९७ जनाले उमेदवारी दर्ता गराएका छन् । जसमा २३५ महिला र दुई हजार ६४ पुरुष छन् । एक हजार १८७ जनाले स्वतन्त्र उमेदवारी दिएका छन् ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रारम्भिक सूचीमा केही संख्या थपघट हुनसक्ने बताएका छन् ।






प्रतिक्रिया