अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधान, देश र जनताप्रति हुने आक्रमणको सामना गर्ने सामर्थ्य एमालेसँग मात्रै छ: पार्वत गुरुङ

संविधान, देश र जनताप्रति हुने आक्रमणको सामना गर्ने सामर्थ्य एमालेसँग मात्रै छ: पार्वत गुरुङ


लखा-नेकपा (एमाले)का नेता तथा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दोलखाका उम्मेदवार पार्वत गुरुङले संकटका बेला पनि नेकपा (एमाले) सतिसालझैँ अडिग भएर उभिने पार्टी भएको बताउनुभएको छ।

चुनावी सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता गुरुङले संविधान, देश र जनताप्रति हुने आक्रमणको सामना गर्ने सामर्थ्य एमालेसँग मात्रै रहेको दाबी गर्नुभयो। उहाँका अनुसार विभिन्न चुनौती र दबाबका बीच पनि एमालेले राष्ट्रिय हित, लोकतान्त्रिक मूल्य र जनताको अधिकारको रक्षा गर्दै निरन्तर संघर्ष गर्दै आएको छ।

नेता गुरुङले आगामी निर्वाचनलाई संविधान, राष्ट्रियता र जनहितको पक्षमा निर्णय गर्ने अवसरका रूपमा उल्लेख गर्दै दोलखाली जनतालाई विकास, स्थायित्व र सुशासनको मार्गमा अघि बढ्न एमालेको साथ दिन आग्रह गर्नुभएको छ।