अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्राधिकरणले इन्नोभेसनलाई सधैँ स्वागत गर्छः निर्देशक ढुंगेल

प्राधिकरणले इन्नोभेसनलाई सधैँ स्वागत गर्छः निर्देशक ढुंगेल


काठमाडौं – नेपाल बीमा प्राधिकरणकी निर्देशक पुजन ढुंगेल अधिकारीले नेपाल बीमा इन्नोभेसनलाई सधैँ प्राथमिकतामा राख्ने बताउनुभएकाे छ। माघ ७ गते बुधवार काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यति होटलमा तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को दोस्रो सत्रमा भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण सत्रमा सत्रमा छलफल गर्दै उहाँले प्राधिकरणकाे हालकाे गाइडलाइन इन्नोभेसनलाई रोक्ने खालको नभएकाे दाबी गर्नुभएकाे हाे।

उहाँले भन्नुभयाे, ’बीमाको पक्षबाट हेर्ने हो भने पहिलाको सामाजिक आर्थिक संरचना र संयुक्त परिवार हुन्थ्यो। अहिले एकल परिवारमा सीमित छ। मृत्युदरमा सुधार भएको छ। घरगाडी पहिलेका मुल सम्पत्ति हुन्थे भने अहिले महँगा ग्याजेट हुने गरेका छन्। लाइफस्टायलमा परिवर्तन भएको छ। त्यही अनुसार बीमाको पोलिसीमा परिवर्तन आएको छ। प्राधिकरणले इन्नोभेसनलाई सधै स्वागत गर्छ। कतिपय विषयमा कानुनी सुधार पनि गर्नुपर्ने हुन्छ। अहिलेको गाइडलाइन इन्नोभेसनलाई रोक्ने खालको छैन।’

यस सत्रमा वक्ताको रुपमा निर्देशक ढुङ्गेलसँगै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–सचिव डा‍‍. भिम प्रसाद सापकोटा, सालिकोका सीईओ चंकी क्षेत्री र हिमालयन एभरेस्ट इन्स्योरेन्सका सीईओ अन्जु श्रेष्ठ वक्ताका रूपमा रहनुभएकाे छ।