अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीले आज दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने

अध्यक्ष ओलीले आज दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने


झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्दै हुनुहुन्छ ।
जिल्ला पार्टी सचिव तुलसी कार्कीका अनुसार गौरादह नगरपालिका ५ स्कूलचौनको नमुना कृषि खेतीको सभाहलमा कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम तय गरिएको छ । अध्यक्ष ओलीले गौरादह नगरपालिकाका ८ वटा र गौरीगञ्जका ६ वटा वडाका वडा कमिटीसँग अलग अलग भेटघाट गर्ने कार्यक्रम रहेको कार्कीले जानकारी दिनुभयो । वडाका पदाधिकारी तथा सदस्यहरुले मतदाताको मुड,विकासको अवस्था र पार्टी कामका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराउने छन् । कार्यकर्ताको गुनासो,पार्टीको नीति,देशको आवश्यकता र झापा ५ का लागि आफूले गरेका योगदान आदिका बारेमा कार्यकर्तालाई जानकारी गराउनुहुनेछ । अध्यक्ष ओलीले आजै भदौ २४ गते जेन जीका नाममा आगलागी र तोडफोड गरिएका संरचनाको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ । उक्त आन्दोलनमा गौरादह नगरपालिका,नगरपालिका १,७ र २ नं वडा कार्यलय,मुख्यमन्त्री हिक्मत कार्की,मेयर छत्रपति सुवेदी,उपमेयर जलवर्षा राजवंसी लगायतको घरमा आगजनी गरिएको थियो ।
अध्यक्ष ओलीले हिजो र अस्ती दमक नगरपालिका र कमल गाउँपालिकाका वडा कमिटीहरुसँग अलग अलग छलफल गर्नु भएको छ ।यस पटक हरेक वडा कमिटीहरुले अलग अलग अध्यक्षसँग भेट गर्ने व्यवस्था मिलाइएको कार्कीले जानकारी दिनुभयो ।