अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलामको देउमाईमा अटो दुर्घटना सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलामको देउमाईमा अटो दुर्घटना सवारी दुर्घटनामा एक जनाको मृत्यु


मङ्गलबारे- इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो  देउमाई नगरपालिका–३  पानीटार चियाबारी नजिक आज बिहान दुर्घटना भएको हो।

देउमाई नगरपालिका ५ धुसेनीका १८ वर्षीय युनिश लुइँटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । गम्भीर घाइते भएका निजको अस्पताल पु¥याउने क्रममा बाटामा मृत्यु भएको हो ।