अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धितो न जमानीको मान्छेलाई भोट दिएर मत खेर नफाल्न झापाबासीलाई अध्यक्ष ओलीको आग्रह

धितो न जमानीको मान्छेलाई भोट दिएर मत खेर नफाल्न झापाबासीलाई अध्यक्ष ओलीको आग्रह


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा धितो न जमानीको मान्छेलाई मत दिएर आफ्नो मत खेर नफाल्न आग्रह गर्नुभएको छ।

बैंकले नोट छाप्दा धितो जमानी बिना नछाप्ने भन्दै भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्न नहुने जिकिर गर्नुभयो। नचिनेको मान्छेलाई २०६४ सालमा मत दिँदा विकासमा पछि परेको स्मरण गर्न समेत उहाँले आग्रह गर्नुभएको छ।

अध्यक्ष ओलीले महोत्तरीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घर अघि सडक, पुल निर्माण गरिदिएको तर झापामा शाहले के गर्नुभएको छ भन्दै प्रश्न गर्नुभयो।

शाहले काठमाडौंका सुकुम्वासीहरुको उठिवास गराएको देखेर झापाका सुकुम्वासीहरुले आफूलाई झापाबाट पनि भगाउने हुन् की भन्ने डर पैदा भएको उहाँले गुनासो गरेको बताउनुभएको छ। उहाँले हरेक निर्वाचन क्षेत्रमा पर्यटक उम्मेदवारलाई नभइ स्थानीय उम्मेदवारलाई मतदान गरेर जिताउनुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले एमाले बहुमत ल्याउन, सांसद बन्न, मन्त्री, प्रधानमन्त्री बन्नका लागि मात्रै नभइ देश जोगाउन, शान्ति सुव्यवस्था कायम गर्नका लागि र संविधानलाई लयमा ल्याउनका लागि संघर्ष गरिरहेको पनि बताउनुभएको छ। अध्यक्ष ओलीले शासह उम्मेदवार मात्रै हुन गएको र त्यसले केही नबिग्रिने जिकिर गर्नुभयो । उहाँले सामाजिक सञ्जालको तुवाँलोले फिँजाएको भ्रमबाट मुक्त हुन समेत मतदातालाई आग्रह गर्नुभएको छ ।