अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी आन्दोलनका नाममा आपराधिक गतिविधि गर्नेहरू कारबाहीको दायरामा आउँछन्: अध्यक्ष ओली

जेनजी आन्दोलनका नाममा आपराधिक गतिविधि गर्नेहरू कारबाहीको दायरामा आउँछन्: अध्यक्ष ओली


दमक-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयु लामो नहुने भन्दै आपराधिक क्रियाकलापमा संलग्नहरू कारबाहीको दायरा आउने बताउनु भएको छ। 

बिहीबार झापाको दमक नगरपालिका-८ स्थित नेपाली कम्युनिस्ट पार्टी (पूर्व एकीकृत नेकपा माओवादी)का नेता गगन पुरीको आगजनी गरिएको घरको अवलोकनका क्रममा उहाँले यस प्रकारको विध्वंस मच्चाउनेहरू कानुनी दायरामा आउने विश्वास दिलाउनुभयो। 

जेनजीको नाममा भएको आन्दोलनका क्रममा आगजनी गरिएको घरमा सामान्य मर्मतपछि बस्दै आएका पुरीलाई आश्वस्त पार्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘सधैँ अराजकता कहाँ टिक्छ र, एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ नि, बरु उजुरी-निवेदन लगायतको प्रक्रिया चाहिँ अघि बढाउनु होला।’

नेता पुरीले आफुले सवै प्रमाणहरु संकलन गरिसकेको र कानूनी उपचारको प्रकृया पनि अघि बढाएको बताउनुभयो । आगजनी र तोडफोडका क्रममा क्रममा भएका सवै सम्पत्ती लुटिएको, घरायसी सामानहरु जलाईएको र घर पनि तोडफोड गरिएको पुरीले जनाउनुभयो। क्षतीग्रस्त घर अवलोकनका लागि पुग्नु भएका पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीलाई पुरीले फूलले स्वागत गर्नु भएको थियो।

नेतापुरीको घर अवलोकन पछि एमाले अध्यक्ष ओली दमक स्थित तत्कालिन माओवादीको पार्टी अवलोकन गर्दै गौरादह तर्फ लाग्नु भएको छ।