अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाका ९५ वटा मतदान स्थल अति संवेदनशील

झापाका ९५ वटा मतदान स्थल अति संवेदनशील


झापा-आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको तीन तहमा वर्गीकरण गरेको छ।

प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जिल्लाका ९५ वटा मतदानस्थललाई अतिसम्वेदनशीलका रूपमा राखिएको बताउनुभयो। जिल्लामा रहेका २८५ मतदानस्थलमध्ये १४७ सम्वेदनशील र ४३ वटा मतदानस्थल सामान्य रहेका उहाँले जानकारी दिनुभयो ।

जिल्लामा ८१५ वटा मतदान केन्द्र रहेका छन् । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने उहाँले बताउनुभयो ।

प्रजिअ गेलालले क्षेत्र नं ५ मा सुरक्षा सम्वेदनशीलतालाई ख्याल गर्दै विगतमा भन्दा बढी सुरक्षाकर्मी आवश्यक पर्ने देखिएपछि प्रदेशसँग थप सुरक्षाकर्मी माग गरिएको जानकारी दिनुभयो । पाँच निर्वाचन क्षेत्र रहेको झापामा निर्वाचनबाट पाँच जना प्रतिनिधिसभा प्रतिनिधि निर्वाचित हुने र यसका लागि झापामा सात लाख १३ हजार ५३७ जनाले मतदान गर्नेछन्।