अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङको विकास र समृद्धिका लागि मेरो प्राण समर्पित हुन्छ: क्षितिज थेबे

ताप्लेजुङको विकास र समृद्धिका लागि मेरो प्राण समर्पित हुन्छ: क्षितिज थेबे


काठमाडौं-ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नुभएका नेकपा (एमाले)का युवा नेता क्षितिज थेबेले जिल्लाको विकास र समृद्धिलाई आफ्नो जीवनको सर्वोच्च प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

नेता थेबेले ताप्लेजुङवासीको सुख, खुशी र समृद्धि नै आफ्नो आत्मसन्तुष्टि हुने उल्लेख गर्दै जनताको हितका लागि निस्वार्थ रूपमा काम गर्ने दृढ सङ्कल्प सार्वजनिक गर्नुभएको हो। ‘ताप्लेजुङको विकास र समृद्धिका लागि मेरो प्राण हुनेछ, जिल्लावासीको सुख र खुसी नै मेरो आत्मसन्तुष्टि हुनेछ,’ उहाँले आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उम्मेदवार थेबे ताप्लेजुङको समग्र विकासका लागि पूर्वाधार निर्माण, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार तथा स्थानीय स्रोत–साधनको सदुपयोगलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ। ‘विकासका हरेक योजनामा जनताको आवश्यकता, सहभागिता र स्वामित्व सुनिश्चित गरिनेछ’, उहाँले भन्नुभयाे । 

सालिन र जिम्म्वार युवा नेतृत्वका रूपमा परिचित उहाँले परिवर्तन, पारदर्शिता र उत्तरदायित्वसहितको राजनीतिक अभ्यास आवश्यक रहेको उल्लेख गर्दै विकास र समृद्धिको यात्रामा सबै ताप्लेजुङवासीलाई साथ र सहयोगका लागि आह्वान गर्नुभएको छ।

एमालेले ताप्लेजुङमा स्थिरता, विकास र समृद्धिलाई केन्द्रमा राख्दै चुनावी अभियान अघि बढाएको जनाएको छ। उम्मेदवार थेबेको प्रतिबद्धतालाई जिल्लाको दीर्घकालीन विकाससँग जोडेर पार्टीले मतदातामाझ प्रस्तुत गरिरहेको छ।