झाप-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज झापा निर्वाचन क्षेत्र नं ५ का नेता-कार्यकर्ता र मतदातासँग भेटघाटमा व्यस्त हुनुहुन्छ।
अध्यक्ष ओलीले आज झापा निर्वाचन क्षेत्र नं ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्नुभएकाे हाे।
अध्यक्ष ओलीले गौरादह नगरपालिका ५ स्कूलचौनको नमुना कृषि खेतीको सभाहलमा कार्यकर्ताहरुसँग भेटघाट गर्नुभएकाे थियाे। यसैगरी गौरादह नगरपालिकाका ८ वटा र गौरीगञ्जका ६ वटा वडाका वडा कमिटीसँग भेटघाट गर्नुभएकाे थियाे। वडाका पदाधिकारी तथा सदस्यहरुले मतदाताको मुड,विकासको अवस्था र पार्टी कामका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराएकाे थियाे ।
कार्यकर्ताको गुनासो,पार्टीको नीति,देशको आवश्यकता र झापा ५ का लागि आफूले गरेका योगदान आदिका बारेमा कार्यकर्तालाई जानकारी गराउनुभएकाे थियाे।
अध्यक्ष ओलीले आजै भदौ २४ गते जेनजीका नाममा आगलागी र तोडफोड गरिएका संरचनाको पनि निरीक्षण गर्नुभएकाे थियाे। आन्दोलनमा गौरादह नगरपालिका,नगरपालिका १,७ र २ नं वडा कार्यलय,मुख्यमन्त्री हिक्मत कार्की,मेयर छत्रपति सुवेदी,उपमेयर जलवर्षा राजवंसी लगायतको घरमा आगजनी गरिएको थियो ।




















प्रतिक्रिया