अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अज्ञानता र उत्तेजनाको अँध्यारो हटाउन वसन्त पञ्चमीले प्रेरणा दिन्छ: अध्यक्ष ओली

अज्ञानता र उत्तेजनाको अँध्यारो हटाउन वसन्त पञ्चमीले प्रेरणा दिन्छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै ज्ञान, संस्कार र विवेकपूर्ण चिन्तनको महत्वलाई स्मरण गराउनुभएकाे ५।

आज वसन्त पञ्चमी, सरस्वती पूजा अर्थात् प्रकाशको पर्व रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले वसन्तको आगमनसँगै ज्ञान, कला र संगीतकी देवी सरस्वतीको पूजा गरिने परम्परालाई नेपाली समाजको सांस्कृतिक पहिचानसँग जोड्नुभएकाे छ। उहाँका अनुसार आजकै दिन बालबालिकालाई अक्षरारम्भ गराइने परम्पराले ज्ञानप्रति सम्मान र भविष्यप्रति आशाको सन्देश दिन्छ ।

सन्देशमा अध्यक्ष ओलीले अज्ञानता र उत्तेजनाको अँध्यारोलाई हटाएर संस्कारप्रतिको श्रद्धा र ज्ञानको विवेकपूर्ण बाटोमा हिँड्न वसन्त पञ्चमीले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएकाे ५।

अध्यक्ष ओलीले वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै समाजलाई उज्यालो, चेतनशील र संस्कारयुक्त बनाउन ज्ञानको भूमिका निर्णायक हुने धारणा राखेका छन् ।