काठमाडौँ-माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी नहुने भएको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टीको सम्पूर्ण शक्ति प्रतिनिधिसभा सदस्य निर्वाचनमा केन्द्रित भएकाले राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने जानकारी दिनुभयाे ।
‘राप्रपा माघ ११ को राष्ट्रियसभा निर्वाचनमा सहभागी हुँदैन’, प्रवक्ता श्रेष्ठले भन्नभयाे, ‘यो निर्वाचनमा हाम्रा उम्मेदवार पनि छैनन् र प्रतिनिधि सभामा हाम्रो सम्पूर्ण ध्यान भएकाले राष्ट्रियसभामा नअल्मलिने निष्कर्षमा पुगेका हौँ ।’
राष्ट्रियसभाका मतदाता प्रदेश सभा र स्थानीय तह प्रमुख उपप्रमुख हुन्छन् । राप्रपाका २८ प्रदेश सांसद छन् भने स्थानीय केही प्रमुख तथा उपप्रमुख पनि रहेका छन् ।






प्रतिक्रिया