काठमाडौं-आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिनुभएको छ। डा. भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दर्ता गराउनुभएको थियो।
डा. भट्टराईले फेसबुक लाइभमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभयो। यसअघि, निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका भट्टराईलाई अन्तिम समयमा पार्टीले उम्मेदवार बनाएको थियो ।
गोरखा २ का जनता, नयाँ पुराना सबै राजनीतिक दलहरुको आग्रहपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताउनुभयाे।
यहाँ एमालेबाट चक्रे मिलन, कांग्रेसका प्रकाशचन्द्र दवाडी र रास्वपाबाट महामन्त्री कवीन्द्र बुर्लाकोटी चुनावी मैदानमा छन्।






प्रतिक्रिया