अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका उम्मेदवार दल फडेरालाई जिताउनका लागि मैले उम्मेदवारी फिर्ता लिएको हुँ: जयबहादुर शाही

एमालेका उम्मेदवार दल फडेरालाई जिताउनका लागि मैले उम्मेदवारी फिर्ता लिएको हुँ: जयबहादुर शाही


सिमकोट-नेकपा एमालेका उम्मेरदवार दल फडेरालाई समर्थन गर्दै मितेरी पार्टीका उम्मेरदवार जयबहादुर शाहीले आफ्नो उम्मेरदारी फिर्ता लिनुभएको छ।

हुम्ला जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मितेरी पार्टीका तर्फबाट उम्मेरदारी दर्ता गराउनुभएका जयबहादुर शाहीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर आफ्नो उम्मेरदारी फिर्ता लिनुभएको हो।

एमालेलाई निर्वाचित गराउनका लागि आफूले उम्मेरदारी फिर्ता लिएको जयबहादुर शाहीले जानकारी दिनुभयो।

‘देशको राष्ट्रियतामा बाह्यको नांगो हस्तक्षेप भएको अवस्थामा नेपालको स्वाधिनता र राष्ट्रीयताको नेतृत्व एमालेले गरेका कारण मेरो समर्थन एमालेका सूर्य ध्वजाबहाक उम्मेरदवार दल फडेरालाई समर्थन गर्दै उम्मेरदारी फिर्ता लिएको हुँ’, शाहीले भन्नुभयो, ‘अब म एमालेको पक्षमा खुलेर प्रचार-प्रसार गरेर हिड्छु।’

एक मात्र निर्वाचन क्षेत्र भएको हुम्लामा आठ जनाले उम्मेरदवारले मनोनयन दर्ता गरेको थियो।