काठमाडौं-आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मनोनयनपत्र दर्ता गराएकामध्ये देशभरबाट ४९ जनाले उमेदवारी फिर्ता लिएका छन्।
आज आयोजित पत्रकार भेटघाटमा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विभिन्न दल र स्वतन्त्र रूपमा मनोनयनपत्र दर्ता गराएका ४९ जनाले उमेदवारी फिर्ता लिएका जानकारी दिनुभयो।
देशका विभिन्न क्षेत्रबाट उमेदवारी फिर्ता लिनेमा नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), उज्यालो नेपाल पार्टीलगायत दलका तर्फबाट मनोनयनपत्र दर्ता गराएका व्यक्तिहरू छन्। केही स्वतन्त्र व्यक्तिले पनि उमेदवारी फिर्ता लिएका उहाँले जानकारी दिनुभयो।
साथै ५ जना उम्मेदवारविरूद्ध दाबी विरोध परेको र त्यसमध्ये एक जनाको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ।
आयाेगका अनुसरा नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चाैधरीकाे उम्मेदवारी खारेज भएकाे हाे ।






प्रतिक्रिया