अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उपाध्यक्ष पौडेल जिताउन रुपन्देही-२ मा भोजप्रसाद  पौडेलको कमान्डमा चुनावी समिति गठन

एमाले उपाध्यक्ष पौडेल जिताउन रुपन्देही-२ मा भोजप्रसाद  पौडेलको कमान्डमा चुनावी समिति गठन


रुपन्देही-नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलको चुनावी कमाण्डर भोजप्रसाद श्रेष्ठ र राजु गुरुङलाई तोकिएको छ।

रुपन्देही क्षेत्र नं २ मा उम्मेदवार बनेका पौडेलको निर्वाचन परिचालनका लागि एमाले लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा बुटवलका पूर्व मेयर भोजप्रसाद श्रेष्ठ संयोजक र युवासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष राजु गुरुङ सहसंयोजक रहेको ९०१ सदस्यीय कमिटीको शुक्रवार सार्वजनिक गरिएको गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णु प्रसाद पौडेलले राष्ट्रिय स्वाधीनताको रक्षा र विकासका लागि एमाले जनताको मनमा बसेको बताउनुभयाे । उहाँले भौतिक पूर्वाधारको विकाससँगै सामाजिक, मानवीय विकास, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना आफ्नो प्रमुख प्राथमिकता रहने बताउँदै रुपन्देहीको भौतिक विकास देशका लागि सिकाइको नमुना बनाउने घोषणा गर्नुभयाे।

नेता पौडेलले रोजगारी र नागरिकको आयस्तर वृद्धि हुने खालका योजना कार्यान्वयनमा आफू प्रतिबद्ध भएर लाग्ने जनाउनुभयाे । पौडेलले एमालेलाई मत नदिनुपर्ने कुनै कारण नरहेको भन्दै मतदातालाई अहिलेसम्म गरेका कामको निष्पक्ष मूल्यांकन गरेर घरघरमा सन्देश पुराउन उहाँले आग्रह गर्नुभयाे ।

कार्यक्रममा क्षेत्रीय अध्यक्ष ऋषि पाण्डे, उपाध्यक्ष राजेन्द्र ढकाल, सचिव मेघराज भट्टराई लगायतले निर्वाचनमा सबै नेता९कार्यकर्तालाई एक ढिक्का बनाएर परिचालन हुन आग्रह गर्दै पार्टीलाई विजयी गराउन संगठित रूपमा अभियानमा लाग्न अनुरोध गरेका थिए ।