अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उम्मेद्वार हिराबहादुर केसीले जेन जीहरुसँग अन्तरसंवाद गर्ने

एमाले उम्मेद्वार हिराबहादुर केसीले जेन जीहरुसँग अन्तरसंवाद गर्ने



बागलुङ-नेकपा एमालेको युवा पंक्तीमा चर्चित उम्मेद्वार हिराबहादुर केसीले जेन जीहरुसँग अन्तरसंवाद गर्ने हुनु भएको छ । आगामी फागुन २१ मा हुने निर्वाचनका लागि बागलुङ १ बाट चुनावी मैदानमा उत्रिएका केसीले अन्तरसंवाद कार्यक्रम गर्ने भएपछि जेन जीहरु पनि उत्साहित भएका छन् ।
निर्वाचन क्षेत्रमा रहेका सबै पाँचवटै क्याम्पसमा अन्तरसंवादको तयारी गर्नका लागि एमालेले धौलागीरी बहुमुखी क्याम्पसका स्ववियु सभापति आष्मिन शेखलाई जिम्मेवारी तोकिएको छ । केसी पनि धौलागीरी बहुमुखी क्याम्पसका पूर्व सभापति हुनुहुन्छ । आफू जेन जी उमेरमा नै स्ववियूको सभापति भएको स्मरण गर्दै केसीले नव युवासँगको संवादले आफूलाई उनीहरुको आवश्यकता र चाहना बुझ्न सजिलो हुने बताउनुभयो ।
केसीका अनुसार यस क्षेत्रमा पर्ने बलेवा पैंयुपाटा क्याम्पस बागलुङ,सर्वोदय बहुमुखी बरेंङ,कुश्मिसेरा जैमिनी,भीमसेन क्याम्पस काठेखोलामा दुई हप्ता भित्र जेन जीहरुसँग अन्तरसंवाद गर्ने केसीले बताउनुभयो । केसीका अनुसार शेखको टिमले स्थानीय क्याम्पसहरुसँग समन्वय गरेर समय व्यवस्थापन गर्नेछ ।