अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेदुराम भुसाल राष्ट्रिय सभा संसदीय दलको नेता नियुक्त

बेदुराम भुसाल राष्ट्रिय सभा संसदीय दलको नेता नियुक्त


 काठमाडौं-नेपाली कम्युनिस्ट पार्टी राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल नियुक्त हुनुभएको छ।आज आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भुसाललाई दलको नेता नियुक्त गरेको हो।

त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ। यसअघि दलको नेता रहेका नारायणकाजी श्रेष्ठले राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार बनेपछि राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित भुसाललाई संसदीय दलको नेता तोकिएको हो ।