विराटनगर-राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा महिला तर्फ रोशनी मेचे निर्वाचित हुनुभएकाे छ। कांग्रेस एमाले गठबन्धनबाट मेचे निर्वाचित हुनुभएकाे हाे ।
मेचेले प्रदेश सभा अन्तरगत ८७ मत खसेकोमा ६४ मत प्राप्त गर्नुभयाे । त्यस्तै स्थानीयतह अन्तरगत २५८ मत खसेकोमा १९९ मत उनको पक्षमा परेको थियो ।
दलित तर्फ गणना जारी छ। अन्य तर्फ सुनिल थापा निर्विरोध निर्वाचित भएका थिए।
एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी, जनजाति महासंघको केन्द्रीय कमिटी सदस्यसमेत रहेकी मेचे महासंघबाट प्रतिनिधि बन्न खोज्दा प्राविधिक र वैधानिक कारणले उहाँको योग्यता पुगेको थिएन । तर रोशनी अहिले देशको माथिल्लो सदन (राष्ट्रिय सभा) को उम्मेदवार बन्नुभएकाे हाे।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा रहेर गरेको काम गरेकाे अनुभव छ । केपी ओली प्रधानमन्त्री हुँदा सचिवालयमा काम गर्ने मेचे एक्ली महिला हुन् ।
झापा मेचीनगर-१२ (साविक धाइजन-३) मा जन्मिएकी रोशनी एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघमार्फत राजनीतिमा सक्रिय भएकी हुन् ।






प्रतिक्रिया