अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचनः कर्णालीमा गठबन्धनका उम्मेदवार शाही र रखाल विजयी

राष्ट्रियसभा निर्वाचनः कर्णालीमा गठबन्धनका उम्मेदवार शाही र रखाल विजयी


 सुर्खेत-राष्ट्रियसभा सदस्यको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।  

राष्ट्रियसभा निर्वाचन अन्तर्गत आइतबार भएको मतदानमा दुई दलबीच बनेको गठबन्धनबाट उम्मेदवार बनेका ललितजंग शाही र मिनासिं रखाल विजयी भएका हुन्।

शाही कांग्रेस र रखाल एमालेकी हुन्।

अन्य कलष्टरबाट उम्मेदवार बनेका शाहीले प्रदेशतर्फ २६ र स्थानीयतर्फ सय मतभार प्राप्त गरी विजयी बन्दा नेपाली कम्युनिष्ट पार्टीका बुद्विप्रसाद शर्माले प्रदेशतर्फ १३ स्थानीयतर्फ ५० मतभार प्राप्त गरी पराजित बने।

यस्तै, एमालेकी रखालले प्रदेशतर्फ २६ र स्थानीयतर्फ ९३ मतभार प्राप्त गरी विजयी हुनुभएकाे हाे। उहाँकी प्रतिद्वन्द्वी नेकपाकी अन्जु महतारा शाहीले प्रदेशतर्फ १३ स्थानीयतर्फ ५५ मतभार प्राप्त गरी पराजित हुनुभयाे।