अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीका ८ जिल्लामा एमाले र प्रलोपाबीच चुनावी तालमेल

कर्णालीका ८ जिल्लामा एमाले र प्रलोपाबीच चुनावी तालमेल


कर्णाली-कर्णाली प्रदेशका आठ जिल्लामा नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच चुनावी तालमेल गर्ने सहमति भएको छ। कर्णालीका १० जिल्लाहरुमध्ये हुम्ला र जुम्ला बाहेकका आठ जिल्लामा तालमेलको सहमति भएको हो।

सम्बन्धी सहमति पत्रमा नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपाको अध्यक्ष परिषद सदस्य दुर्गा सोबले हस्ताक्षर गर्नुभएकाे काे। हुम्लामा एमालेका दल फडेरा र प्रलोपाका जटिल कार्की उम्मेदवार छन्।

यसैगरी जुम्लामा एमालेका शान्तिलाल महत र प्रलोपाका मनऋषि धिताल उम्मेदवार छन्। कर्णाली प्रदेशमा सल्यान, सुर्खेत, रुकुम पश्चिम, जाजरकोट, दैलेख, डोल्पा, जुम्ला, कालिकोट, मुगु र हुम्ला जिल्ला छन्।

यीमध्ये सल्यानसहित साविक राप्ती अञ्चलका जिल्लाहरुमा एमालेलाई प्रलोपाले समर्थन गर्ने छ भने रुकुम पूर्व र पश्चिममा प्रलोपालाई एमालेले सघाउने सहमति भएको छ।

हुम्ला र जुम्ला बाहेकका कर्णालीका अरु सबै जिल्लामा प्रलोपाले एमालेको चुनाव चिह्नमा मतदान गर्ने सहमति भएको छ।