अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेशबाट राष्ट्रिय सभा सदस्यमा एमालेकी रेखा झा निर्वाचित

मधेशबाट राष्ट्रिय सभा सदस्यमा एमालेकी रेखा झा निर्वाचित


जनकपुरधाम-मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यमा महिला क्लस्टरबाट नेकपा (एमाले)की उम्मेदवार रेखा झा विजयी हुनुभएकाे छ।

झाले ७ हजार २२२ मत भारसहित निर्वाचित हुनुभएकाे हाे। उहाँका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की शमी कुमारी अग्रवालले १ हजार ९४४ मतभार प्राप्त गर्नुभयाे।

जनता समाजवादी पार्टीकी उम्मेदवार चन्द्रकला देवी साहले ३२२ मत प्राप्त गर्नुभयाे।

महोत्तरीको सम्सी गाउँपालिका–४, गैढा भेटपुरकी रेखा झा शिक्षामा अर्थशास्त्र र सामाजिक शास्त्रमा स्नातक गर्नुभएकाे छ। युवाकालदेखि नै राजनीतिमा लाग्नुभएकी उहाँले जनकपुरधामस्थित जानकी माध्यमिक विद्यालयबाट एसएलसी गर्नुभएकाे छ । जनकपुरधामको रामानन्दचोक माइत भएकी उनी चार भाइबहिनीमध्ये माहिली हुन् ।