अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् राष्ट्रियसभाका निर्वाचित उम्मेदवार (सूचीसहित)

यी हुन् राष्ट्रियसभाका निर्वाचित उम्मेदवार (सूचीसहित)


काठमाडौँ-आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ।

आगामी फागुन २० मा कार्यकाल सकिन लागेका १९ मध्ये १८ पदका लागि निर्वाचन भएको थियो।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले तालमेल गरेका थिए। नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनावी मैदानमा थियो। निर्वाचनबाट तालमेलमा उम्मेदवारी दिएकाहरू नै विजयी भएका छन्।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख एवं पदाधिकारी मतदाता हुन्छन्। सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन्। ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ मात्रै एक हजार ५०६ मतदाता रहन्छन्। नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल आगामी फागुन २१ बाट सुरु हुनेछ।

यस्तो छ आयोगले सार्वजनिक गरेको अन्तिम परिणाम