बागलुङ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवार हिरा बहादुर केसीले घरदैलो अभियान शुरु गर्नुभएको छ ।
बागलुङ नगरपालिका–१ रामरेखा गंगापथ स्थित बागलुङ नगरपालिकाका संस्थापक मेयर स्वर्गिय ऋषिराम शर्माको घरबाट एमाले बागलुङ क्षेत्र नम्बर एकको घरदैलो अभियानको सुरुवात गरिएको छ । कम्युनिष्ट र सादगी नेताका रुपमा रहेका शर्माको घरबाट घरदैलो अभियानको शुभारम्भ गरिएको हो । स्वर्गिय शर्माको धर्मपत्नी तथा एमाले नेतृ गिता शर्मा लगायत उपस्थितबाट उम्मेदवार केसीलाई शुभकामना दिएर घरदैलोको सुरुवात गरिएको छ ।
घरदैलो अभियानमा एमाले केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज मनका केसी, केन्द्रिय सदस्य डा. सुर्य पाठक, एमाले नेता इन्द्रलाल सापकोटा लगायत बागलुङ नगरपालिका–१ स्थित वडा पार्टी कमिटिका नेताहरुको उपस्थितिमा बागलुङ नगरपालिकाको गंगापथबाट शुरु भएको रामरेखाका विभिन्न टोलमा घरदैलो गरिएको थियो । घरदैलोका क्रममा नेता केसीले आफू जनताको निरन्तर साथमा रहेको भन्दै तेस्रोपटक निर्वाचनमा होमिएको बताउनुभयो ।
उहाँले मतदाताहरुलाई तेस्रो पटक निर्वाचनमा होमिएकोले मतदाताबाट न्याय पाउने विश्वास व्यक्त गर्नु भएको छ । “सानै उमेरमा राजनीतिमा होमिएको म जनताबाट निर्वाचित भइर बागलुङको विकास निर्माण र ऐजेण्डालाई केन्द्रमा पु¥याउन चाहान्छु” घरदैलोको क्रमममा नेता केसीले मतदातालाई भन्नुभयो “पार्टीको प्रतिनिधि भँए, जनताको प्रतिनिधिको रुपमा सेवा गर्ने मौका दिनुहोस समग्र बागलुङका विकासमा टेवा पु¥याउन निरन्तर खट्नेछु ।”






प्रतिक्रिया