अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीका चुनावी कमाण्डर दाहाल भन्नुहुन्छ :विकासका विरुद्ध प्रोपोगाण्डाको लडाइँ

अध्यक्ष ओलीका चुनावी कमाण्डर दाहाल भन्नुहुन्छ :विकासका विरुद्ध प्रोपोगाण्डाको लडाइँ



झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका चुनावी कमाण्डर देवेन्द्र दाहालले झापा ५ मा विकासका विरुद्ध प्रोपोगन्डाको लडाइँ भएको बताउनुभएको छ ।
पूर्व प्रधानमन्त्री,मन्त्री, साँसदको हैसियतमा केपी ओलीले गरेका कामको फेहरिस्त यहाँका जनताले उपभोग गरिरहेकाले प्रोपोगन्डामा उनीहरुले विश्वास नगर्ने दाहालले बताउनुभयो । केही व्यक्तिहरु सामाजिक सञ्जालमा जनतालाई भ्रम छर्ने प्रयास गरेपनि त्यसलाई स्थानीयबासीले राम्ररी बुझेको उहाँको भनाइ छ ।
सामाजिक सञ्जालमा फैलाइएका हल्ला चिर्नु हाम्रो दायित्व हो´ पार्टी केन्द्रीय सदस्य समेत रहेका दाहालले प्रचार समितिको बैठकमा बोल्दै दाहालले भन्नुभयोएमालेले फिजिकल्ली काम गरेको छ । डिजिटल्ली फैलाइएका अफवाहको जवाफ जनताले नै दिन्छन्।´
झापा ५मा एमालेलाई बिगतको मतान्तर घटाउने छुट नभएको भन्दै उहाँले देशी विदेशीको घेराबन्दीका विरुद्ध एमाले एकताबद्ध हुनुपर्ने दाहालको भनाइ छ ।
दाहालले झापा ५मा वडा,टोल र घरघर केन्द्रीत अभियान सुरु गरिसकेको बताउनुभएको छ ।