बद्री पङ्गेनीको स्वरमा जब– ‘सै पनि एमाले, मै पनि एमाले।।’ गीत र ‘तिम्लाई टाढा, मलाई नि टाढा, माछिकाँडे डाँडैमा घर सारा’ भाकाको लयमा ‘अरू पार्टी के खाले–खाले, नसा–नसा रगतमा एमाले’ टुक्का सामाजिक सञ्जालमा घन्किएपछि मुलुकमा चुनाव आयो भनेर सबैले चाल पाउँछन् ।
यी गीतका टुक्काले एमालेमा उत्साह जगाउने नै भयो, विपक्षीहरूलाई समेत चुनावी रनौकमा सामेल हुन बाध्य बनाउँछ । चुनाव नजिक आउँदा यी गीतका टुक्को वडा दशैंको माहोल तय गर्ने ‘मालश्री धुन’ सरह नै हो । जब यी गीतका टुक्का लिएर एमाले सामाजिक सञ्जाल र सडकमा ओर्लिदैंन, त्यो बेलासम्म चुनावी रानौक नै देखिदैन ।
नेकपा एमाले चुनावमा कसरी होमिएको छ भन्ने फागुन २१ का लागि माघ ६ गते उम्मेदवारी मनोनयन पछिको उदाहरणले देखाउँछ । प्रायः भिडभाड हुने एमालेको मुख्यालय च्यासल अहिले सुनसान जस्तै छ । यसको उदाहरण हो एमालेले एउटा तथ्य सार्वजनिक गरेको छ । पहिलो चरणमा एमालेका १२ लाख सक्रिय कार्यकर्ता चुनावी फिल्डमै छन् ।
शनिबार साँझदेखि साढे ६ लाख बढि संगठित सदस्यहरूलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमतमा पु¥याउन सक्रिय भूमिका निर्वाह गर्नका लागि सन्देश पत्र पठाउनु भएको छ । जसले कार्यकर्ताहरूमा थप उत्साह भरेको छ । भदौ २३ र २४ को जेनजी उपद्रवपछि लगभग एमाले रक्षात्मक बन्यो भन्ने भाष्य नै निर्माण गरियो । तर ११ औं महाधिवेशनमा उर्लिएको जनसागरले त्यसको खण्डन ग¥यो । त्यसपछि एमालेले संसद पुर्नस्थापनालाई आफ्नो एजेन्डा बनायो । त्यतिबेलासम्म मुलुकमा चुनावी रौनक कतै देखिएन ।
कांग्रेस आफै आन्तरिक किचलोको घनचक्करमा फस्यो । एमालेका अध्यक्ष ओली पहिलो पटक माघ ५ गते गृह जिल्लामा पहिलो पटक पुग्नु भयो । त्यतिबेलासम्म सामाजिक सञ्जाल मिथ्या सूचना प्रभाह गरी पुराना दल विरुद्ध अनस्था फैल्याउने समूहकै कब्जामा रह्यो । जसले पुराना दल रक्षात्मक अवस्थामा पुगे भन्ने सर्वसाधरणलाई प¥यो । खासगरी विदेशमा रहेका नेपालीहरुमा यो भ्रम देखियो । वास्तविक सतहमा वातावण अर्कै थियो ।
यो हुनुमा २ वटा मुख्य कारण हुन् । पहिलो, सर्वोच्चमा मुद्दा रहेकाले कांग्रेसको आधिकारिक कुन समूहले पाउँछ ? त्यो मनोदशामा रहेका कांग्रेसका कार्यकर्ता ५ गतेसम्म बेरोजगार रहे । पहिलो पटक २०७९ को चुनावमा पाँच दलीय गठबन्धनमा थोरै मत वामपन्थीहरुलाई ट्रान्सफर ग¥यो । र दोस्रो आइतबार सम्पन्न राष्ट्रिय सभाको चुनावमा कांग्रेसले एमालेलाई भोट दियो ।
कांग्रेसले वर्ग पक्षधरता लियो भने दक्षिणपन्थतिर लहसिन्छ । त्यसको उदाहरण हो २०७० को दोस्रो संविधान सभा चुनाव । ‘एक भोट दाइलाई, एक भोट गाईलाई’ भन्ने नारा नै लगाए । जुन नारा व्यवहारतः लागू भएको देखियो र राप्रपाले समानुपातिकमा मनग्य मत पायो । अहिले कांग्रेस आन्तरिक किचलोमा रुमलिरहँदा एक खालका कार्यकर्ताले नयाँ भनिएका दलको हुरीमा मिसिन थालि सकेका थिए ।
दोस्रो थियो, भदौ २३ र २४ पछि कांग्रेस र एमालेका नेता÷कार्यकर्ता गाउँ पसेका थिएनन् । कांग्रेस–एमाले सत्ता साझेदार रहेकै बेला जेनजी उपद्रव मच्चिएकाले जनताको उनीहरुप्रति केही प्रश्न थिए । माघेसंक्रान्ति लगत्तै जब कांग्रेस, एमालेका नेता÷कार्यकर्ता गाउँ पसे राष्ट्रिय राजनीतिले नयाँ मोड लियो । ५ गते सर्वोच्च अदालतले गगन थापालाई सभापतिका रूपमा कामकार्वाही गर्नेमा रोक नलगाएपछि रनभुल्लमा परेका कांग्रेस नेता कार्यकर्तामा नयाँ रक्तसञ्चार ग¥यो । जसले राष्ट्रिय रूपमा स्थापित दलप्रति जनताको विश्वास फेरि पुर्नताजकि भयो ।
तथ्याङ्कलाई केलाउने हो भने पनि ७ सय ५३ स्थानीय तहमध्ये ५ सय ३५ कांग्रेस–एमालेकै नेतृत्व छ । जसमा कांग्रेसले ३ सय २९ र एमालेले २ सय ६ स्थानीय तहमा जितेको छन् । जसको परिणाम आइतबार सम्पन्न राष्ट्रिय सभा चुनावको मतभारले समेत पुष्टि गरेको छ । कांग्रेस, एमालेका नेताहरू मनोनयन गर्न प्रदेश, जिल्ला, पालिका, वडा र टोलमा पुगेर आफ्ना जनप्रतिनिधि, कार्यकर्ता, मतदातासँग भेट गरे उनीहरु आफ्नो दलको सही तथ्याङ्क लिए ।
तथ्यहरुले स्थापित दलहरूलाई केही प्रश्न निश्चय नै छ । तर स्थापित राष्ट्रिय राजनीतिमा महत्व राख्ने पुराना दल आफ्नो पुरानो बिरासतबाट नयाँ दलहरुले भने जस्तै पुरै बिमुख भएका छैनन् । अहिलेको वास्तविक धरातल यही हो । कथित सामाजि अभियनता, चर्को स्वरमा कराउने सञ्चारकर्मी, समाजमा ‘पपुलर’ बन्नका लागि जुनै प्रकारको हर्कत गर्ने पात्रहरुको उम्मेदवारी लर्को बाहेक अर्को नँया दलमा कुनै नयाँपन छैन । तसर्थ जिम्मेवार राष्ट्रिय शक्तिहरुलाई जनताले खबरदारीसहित मतदान गरी लोकतान्त्रिक विधि र शासनलाई सही ट्रयाकमा लिन उत्प्रेरित गरिरहेको सन्देश पछिल्ला गतिबिधिले संकेत गरको छ ।






प्रतिक्रिया