अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य बढेको बढ्यै आज त‍ोलाको ३लाख ९हजार ३सय रुपैंया

सुनको मूल्य बढेको बढ्यै आज त‍ोलाको ३लाख ९हजार ३सय रुपैंया


काठमाडौं – नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। 

लगातार बढिरहेको सुनको मूल्य आज पनि हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि सोमबार सुन हालसम्मकै उच्च विन्दुमा पुगेको थियो।

उक्त दिन सुन प्रतितोला तीन लाख नौ हजार रूपैयाँमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार तीन सय रूपैयाँ पुगेको छ।

यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला तीन सय रूपैयाँ महँगो हो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ।