झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा एमालेले चुनावी तयारीलाई तिव्रता दिएको छ । यसैक्रममा विभिन्न वडाहरुमा अलग अलग प्रचार समिती बनाएर जनताको घरदैलोमा पुग्ने कार्यक्रम बनाइएको छ । यसैक्रममा आज वडा नं २ को वडा भेलाले नेत्र दाहालको संयोजकत्वमा २५५ सदस्यीय समिती गठन गरिएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य होमबहादुर थापाले एमालेका प्रत्येक सदस्यहरु अब जनताको घरमा पुग्नु पर्ने बताउनुभयो । थापाले समग्र देशको नै विकास र समृद्धिको नेतृत्व गर्नुभएका यस क्षेत्रका उम्मेद्वार केपी शर्मा ओलीलाई विजय गराउनका लागि सबैलाई लाग्न आग्रह गर्नुभयो ।
आजको बिस्तारित बैठकले तीनजना सहसंयोजक तोकेको छ । जसमा पुष्पलाल अधिकारी,जयप्रसाद भट्टराई र गणेश तामाङ रहनु भएको छ । समितीले टोलटोलमा प्रचार प्रसार तिव्र पार्ने,एमाले र अध्यक्ष ओलीका विरुद्ध भ्रामक प्रचार चिरेर जनतालाई विश्वस्त बनाउने निर्णय भएको छ । यसपछि पार्टीको टोल समिती गठन गरेर मतदाताका घरघरमा पुग्ने निर्णय गरेको छ ।






प्रतिक्रिया