गौरादह -फागुन २१ को निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेले झापाको क्षेत्र नम्बर ५ मा आफ्ना गतिबिधी तिब्र रुपमा अघि बढाएको छ ।
आज योे निर्वाचन क्षेत्र अन्र्तगत गौरादह नगरपालिकाका दुईवटा वडामा पार्टीको भेला सम्पन्न गरिएको छ । मध्यान्ह्र वाड्न ३ को भेला सम्पन्न भएको छ । वरगाछी स्थित कल्पना अधिकारीको घरमा आयोजना गरेको भेलाले पार्टीको केन्द्रिय अनुशासन आयोग सदस्य लिला कट्टेलको संयोजकत्वमा २६९ सदस्यिय निर्वाचन परिचालन समिति गठन गरिएको छ । नेकपा एमालेले ३ नम्वर वडाकमिटी उपाध्यक्ष कल्पना अधिकारीले दिएको जानकारी अनुसार लगभग एक जनाको सहभागी भेलामा बिकास निर्माणकोे एजेण्डा लिएर मतदातासँग पुग्न सुझाव दिएको जानकारी दिनुभयो । कार्यक्रम पार्टीका वडाध्यक्ष घनश्याम खनालको अध्यक्षतामा भएको थियो ।
त्यस्तै आज वाड्न २ को भेला गौरादहको हाँसपोसा स्थित राजु अभिकारीको निवासमा भएको थियो । भेलाले नारायण काफ्लेको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । भेलामा सहभागिता अधिकांश सदस्यले बिकास निर्माणलाई निर्वाचनको मुख्य एजेण्डा बनाएर जानुपर्ने सुझाव दिएको पाटीका नगर कमिटी अध्यक्ष गजेन्द्र घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य दिपक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । निर्वाचन परिचलान कमिटीले घरघर पुगेर जनतलाई नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भएको सरकारले गरेका काम नै अहिले मतदातासँग राख्नु पर्ने सुझाव दिएको छ ।
अव प्रत्येक घरघरमा पुगेर जनगुनासो सन्नु पर्ने सुझाव दिएको जनाएइको छ ।
यसैगरी दमक २ मा पनि आज भएको वडा कमिटीको बिस्तारित बैठकले नेत्र दाहालको संयोजकत्वमा २५५ सदस्यीय निर्वाचन परिचालन समिती गठन गरेको छ । समितीको सहसंयाृजकमा पुष्पलाल अधिकारी,जयप्रसाद भट्टराई र गणेश तामाङ हुनुहुन्छ । यसैगरी दमक वडा नं ७ को बिस्तारित बैठकले राधाकृष्ण आचार्यको संयोजकत्वमा २ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
यसरी नै दमकको वाडन ३ मा भएको भेलाले ३०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । नेकपा एमालेको केन्द्रिय सदस्य गीता अधिकारीको संयोजकत्वमा भएको समितिले
प्रत्येक टोलटोलमा रहेका मतदातामा पुग्ने गरि योजना निर्माण गरिएको छ । त्यसै गरि बिभिन्न १० वटा उपसमिति समेत गठन गरिएको छ । वडा कमिटी अध्यक्ष डिकेन्द्र घिमिरेका्े अध्यक्षतामा भएको थियो ।






प्रतिक्रिया