भोजपुर, नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका उम्मेदवार शेरधन राईले संविधानको रक्षा, मुलुकको समृद्धि र भोजपुरको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुसँग भेटघाट कार्यक्रममा रहुनु भएका उम्मेदवार राईले आज एक भिडियो सामाग्री राख्दै यस्तो बताउनुभएको हो । उम्मेदवार राईले
भोजपुरे जनताको आवश्यकता, माग र चाहनाहरुलाई प्रतिनिधित्व गर्नका लागि पुनः एकपटक उम्मेदवार बनेको बताउनु भएको छ । विगतमा निर्वाचित भएर धेरै काम सम्पन्न गरेको उहाँको भनाई छ । धेरै योजनाहरु सम्पन्न भएका छन, बनिरहेका छन्, कतिपय विकास निर्माणका कामहरु अधुरा, अपुरा रहेको भन्दै उक्त योजना सम्पन्न गराउन आफ्नो उम्मेदवारी रहेको राईले बताउनु भएको छ।






प्रतिक्रिया