काठमाडौं। प्रतिनिधिसभाको आउँदो फागुन २१ गतेको निर्वाचनमा ताप्लेजुङका एमाले उम्मेदवार क्षितिज थेबेले अन्य उम्मेदवारसंग हार्दिकता देखाउँदै युवा उमेरमै राजनीतिक परिपक्वता प्रर्दशन गर्नु भएको छ । चुनावी प्रचार अभियानको क्रममा मंगलवार सिरिजङ्गा–७ खेवाङ पुगेका थेबेले खेवाङ प्रवेश गर्नेसाथ आफ्ना प्रतिश्पर्धी काँग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याहाङलाई फोन गरी आफु खेवाङ पुगेको जानकारी दिए ।‘म तपाँईको जन्म गाउँमा पुगेको छ,तपाँईलाई उही पुगेर फोन गरेको हुँ’थेबेले तुम्याहाङलाई हार्दिकता देखाउँदै भन्नुभयो’थेबेसंगै रहनु भएका हेमराज निरौलाले भन्नुभयो । थेबे र तुम्याहाङले हार्दिकतापूर्ण रुपमा बोलेको अडियो पत्रकार सन्तोष पुर्कटीले सामाजिक सञ्जालमा राख्नु भएको छ । जसमा तुम्याहाङले आफु पाथीभरा मन्दिरको दर्शन गर्न जाँदै गरेको बताउँदै‘तपाँई त प्रचार अभियान धेरै पो भ्याइसक्नु भो त ! भनेको सुनिन्छ । मेरो जन्मगाउँ पुगेर मलाई सम्झिनु भएकोमा धन्यवाद भनेर तुम्याहाङले थेबेलाई हार्दिकता फर्काउनु भएको सुनिन्छ । थेबेको फोन आउँदा तुम्याहाङ पाथीभरा दर्शनका लागि माथिल्लो फेदि पुग्नु भएको थियो । थेबेले गाउँ पुगेको खबर आफ्ना सबै प्रतिश्पर्धीलाई गर्दै आउनु भएको एमाले ताप्लेजुङका सचिव तथा प्रचार विभाग प्रमुख सन्तोष चाम्लिङ बताउनुहुन्छ । उमेरले ३८ बर्ष टेक्नु भएका थेबे उम्मेदवार बनेर आएदेखि नै हार्दिकतापूर्ण व्यवहारमा राख्नु भएको छ । आफ्ना प्रतिश्पर्धीको जन्म गाउँ पुग्दा थेबेले सम्झिएर फोन गर्दै स्वस्थ्य र रचनात्मक प्रतिश्पर्धामात्र उन्नत लोकतन्त्रको अभ्यासका लागि पहलकदमी लिएको अर्थको रुपमा बुझ्न सकिने चाम्लिङ बताउनुहुन्छ । यसपटक सिरिजङ्गा गाउँपालिका ताप्लेजुङको निर्वाचनका लागि इपीसेन्टर जस्तै भएको छ । एक प्रतिनिधिसभा सदस्यका लागि १३ राजनीतिक दलका १३ जना उम्मेदवार रहेको ताप्लेजुङमा ५ उम्मेदवार सिरिजङ्गा गाउँपालिकाकै हुनुहुन्छ । जसमा थेबे सिरिजङ्गा १ सिनामका,तुम्याहाङ सिरिजङ्गा ७ खेवाङका,नेपाली कम्युनिष्ट पार्टीबाट खेलप्रसाद बढाक्षेत्री(पराग) सिरिजङ्गा ५ पेदाङका,राष्ट्रिय स्वतन्त्र पार्टीबाट वीरेन्द्र श्रेष्ठ सिरिजङ्गा १ सिनामका र श्रम संस्कृति पार्टीबाट सन्तोष राई सिरिजङ्गा ८ याम्फुदिनका हुनुहुन्छ । अन्य ८ उम्मेदवारमध्ये फुङलिङ नगरपालिकाका ४ जना,फक्ताङलुङ र मिक्वाखोला गाउँपालिकाका २–२ जना उम्मेदवार रहनु भएको छ ।
फोटो ः खेवाङका मतदातासंग क्षितिज थेबे । ताप्लेजुङका ६१ वटा वडामध्ये उनले करिव १६ वटा वडामा मतदाता भेटघाट कार्यक्रम सक्दै लगेका छन् ।






प्रतिक्रिया