अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनकुटामा राजेन्द्र राईका १३ प्रतिवद्धता,गाँजा खेतीलाई बैधानिकता र जेल परेकालाई रिहाइ प्रमुख मुद्धा

धनकुटामा राजेन्द्र राईका १३ प्रतिवद्धता,गाँजा खेतीलाई बैधानिकता र जेल परेकालाई रिहाइ प्रमुख मुद्धा



धनकुटा – नेकपा एमालेका चर्चित उम्मेद्वार राजेन्द्र राई धनकुटाबाट फेरी एक पटक उम्मेद्वार हुनु भएको छ । यस अघि नै म्यान अफ दि इलेक्सनको उपाधी पाइसकेका राई यस पटक शानदार मत सहित तेस्रो पटक संघीय संसदमा प्रवेशको तयारीमा हुनुहुन्छ । धनकुटाका पार्टी कार्यकर्ता मात्र हैन् अधिकांस मतदातासँग परिचित राईले अबको निर्वाचन आफूले किन् जित्नु पर्दछ भनेर आज १३ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।
बायाँतिर केन्द्रीय सदस्य तारा तितुङ र दाँयातर्फ जिल्ला अध्यक्ष शिव आङ्लालाई राखेर राईले आज सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा धनकुटाको सर्वाधिक चासोको गाँजा मुद्धालाई प्राथमिकतामा राखिएको छ । राईले सार्वजनिक गरेको प्रतिवद्धता अनुसार चौथो नम्बरमा गाँजा मुद्धा रहेको छ । त्यहाँ उल्लेख भए अनुसार आफूलाई निर्वाचित गराएमा धनकुटामा गाँजा खेतीलाई बैधानिकता दिलाउन र गाँजाको ओसारपसारमा जेलमा रहेका बन्दीहरुलाई बिना सर्त रिहाइ गर्न आफूले पहल लिने उहाँले उल्लेख गर्नुभएको छ । राईको प्रतिवद्धता पत्रमा लेखिएको छ ‘गाँजा खेतीलाई बैधानिकता बनाउन र ओसारपसार गरेको नाममा जेल परेका निर्दोष व्यक्तिलाई रिहाइको निम्ती तत्काल पहल गरिनेछ ।’ स्मरणीय छ धनकुटामा गाँजाको खेती ठूलो मात्रामा हुने गरेको छ । राज्यले यसलाई अवैध भने पनि धनकुटाका गाउँ गाउँका किसानको आम्दानीको प्रमुख स्रोत यही गाँजा हो । गाँजाको ओसारपसारमा संलग्न रहेको आरोपमा धेरै युवाहरु जेलमा छन् । धनकुटा कारगारका अनुसार कैदीबन्दी मध्ये करिब २० प्रतिशत गाँजा कारोबारमा संलग्नको अभियोगमा रहेकाहरु छन् । राईले अघिल्लो निर्वाचनमा पनि यो मुद्धालाई जोडदारका साथ उठाउनु भएको थियो ।
राईले अघि सारेका प्रतिवद्धता पत्र अनुसार नमस्ते झरनाबाट नाम्जे बजार जाने केवलकार निर्माण गर्ने,धरान लेउती सुरुङ मार्ग निमाण गर्ने कुरा प्राथमिकतामा राखिएको छ । यस्तै जेन जीहरुलाई नवप्रवर्धनात्मक सीप सिकाइ रोजगारीको वातावरण बनाउने प्रतिबद्धता छ । जिल्लाको समृद्धिका लागि पर्यटनलाई मुख्य आधार बनाइ विभिन्न क्षेत्रमा पर्यटन प्रवद्र्धनको काम गरिने पनि प्रतिबद्धतामा उल्लेख गरिएको छ ।