गौरादह – झापाको निर्वाचन क्षेत्र नम्बर ५ का बिभिन्न स्थानमा नेकपा एमालेको निर्वाचन लक्षित भेला गरिएको छ ।
आज गौरादहको वाड्न ५ र ६ वडामा छुट्टाछुट्टै भेला सम्पन्न गरेको छ । नेकपा एमाले गौरादह नगर कमिटीका अध्यक्ष गजेन्द्र घिमिरेका अनुसार ६ को भेला सम्पन्न गरिएको हो । भेलाले १०१ सदस्यीय निवार्चन परिचालन समिति गठन गरिएको छ ।
राधाकृष्ण मन्दिरमा भएको पार्टीको भेलाले पार्टीका जिल्ला कमिटी सदस्य हरि ओझालाई निर्वाचन परिचालन समितिको संयोजक तोकिएको छ । करिव २ सय भन्दा बढीको उपस्थित रहेको भेलाले निर्वाचनमा वडा तथा टोल स्तरमा भएका गतिबिधि अध्ययन अनुगमन गरि टोलटोलका प्रत्येक घरघरमा पुग्ने योजना तयार गरिएको वताइएको छ ।
यसैगरी गौरादह नगरपालिकाको वाड्न ५ मा भएको पार्टीको भेलाले गीता अधिकारीको संयोजकत्वमा १०५ सदस्यीय निर्वाचन परिचलन समिति गठन गरेको छ । बालुबथानको जेष्ठ नागरिक भवनमा भएको भेलाको प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य दिपक कार्की रहनु भएको थियो ।

कमल १ मा बेनु शिवाकोटीको कमाण्डमा निर्वाचन परिचालन कमिटी
यसरी नै कमल गाउपालिका वडा नं. १ को भेला आज नै सम्पन्न भएको छ ।
सयौँको सख्यामा उपस्थित भएको भेलाले पार्टीको प्रदेश कमिटी सदस्य वेनु शिवाकोटीको संजोकतत्वमा १०५ सदस्यीय समिति गठन गरिएको छ । पार्टी जिल्ला समिति सदस्य तथा कमल गाउँकमिटी इञ्चार्ज प्रेम प्रसाद पोख्रल समेतको उपस्थिती रहेको थियो । पार्टीको गाउँ कमिटी अध्यक्ष हरि ढकालले दिएको जानकारी अनुसार भेलाले तत्काल अन्य उपसमिति गठन गरि निर्वाचन लक्षित रणनीति निर्माण गर्नेछ ।
दमकको १ र ६ मा पनि वडा भेला
यसैगरी पार्टीले दमक नगरपालिकाक १ र ६ नं. वडाको भेला सम्पन्न गरेको छ ।
पार्टीका केन्द्रिय सदस्य इन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा भएको वाड नं. १ को भेलाले १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । भेलाले मणी सुवेदीलाई निर्वाचन परिचालन समितिको संयोजक तोकेको छ । सोही दिन वडाको निर्वाचन कार्यालय समेत सुरु गरेको केन्द्रिय सदस्य भण्डारीले जानकारी दिनुभयो ।
सोही दिन दमकको वाड नं ६ मा समेत पार्टीको भेला सम्पन्न गरिएको छ ।
भेलाले १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
डाक्टर बुद्धीशेखर भट्टराईको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको हो । समितिले सोही दिन वडाको निर्वाचन परिचालन कार्यालय समेत सञ्चालन गरेको छ । केन्द्रिय सदस्य भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिभिन्न तहका कार्यकर्ताको सहभागिता रहेको थियो ।






प्रतिक्रिया