लालप्रसाद साँवा लिम्बू अर्थात एलपी साँवा लिम्बू । राजनीतिको फेदमा बसे पनि सधैं चर्चामा आइरहने नाम हो । यो नाम यसरी चर्चामा आउँछ कि जनतासँग भिजेको कारणले । जनताले पत्याएको कारणले । जनताका समस्या समाधान गर्न सधैं प्रयासरत भएकोले । जनताका समस्यामा सधैं जनताकै बीचमा उभिएको कारणले । २०३६ सालको विद्यार्थी राजनीति हुँदै मुलधारको राजनीतिमा प्रवेश गर्नुभएका साँवा एक राजनीतिकर्मी मात्र होइन उद्यमी पनि हो । त्यसैले उहाँको एउटा एजेण्डा हुन्छ उत्पादनसँग जनतालाई जोड्ने । जनतालाई सके उद्यमी नसके पूर्ण रोजगार बनाउने उहाँको सधैंको लक्ष्य हो । यही प्रयासमा हुनुहुन्छ । साँवा झापा ४ मा २०७० साल देखि नेकपा एमालेको तर्फबाट निर्वाचनमा प्रतिष्पर्धा गर्दैहुनुहुन्छ । २०७४ र २०७९ को निर्वाचनमा उहाँलाई यस क्षेत्रका जनताले साँसद बनेर पठाए । २०८२ फागुन २१ गते हुने निर्वाचनमा पनि उहाँ सूर्य चिन्ह लिएर चुनावी मैदानमा होमिुन भएको छ । प्रष्तुत छ एलपी साँवा लिम्बूसँग यो बेला डट कमले गरेको अन्तर्वार्ताको सम्पादित अंश
निर्वाचनको तयारी कसरी गर्दैहुनुहुन्छ ?
फागुन २१ गते आम निर्वाचन हुँदैछ । त्यसका लागि झापा क्षेत्र नं ४ मा मलाई नेकपा एमालेले उम्मेद्वार बनाएको छ । त्यसैको तयारी स्वरुप अहिले निर्वाचनकै सन्दर्भमा पार्टी कार्यकर्ता,मतदाता र साथीभाइहरुसँग भेटघाट गर्दैछु। उहाँहरुका कुरा सुन्दैछु । गुनासा टिप्दैछु । यस अघि पनि म यहाँको जनप्रतिनिधि भएकोले त्यती बेला गर्न नसकेका कामको सुची बनाउदैछु । मुख्यत म जनताको मान्छे,जनता कै बीचमा सधैं हुन्छु । तर उम्मेद्वारको रुपमा जनतासँगको सम्बन्ध थप मजबुद बनाउने अभियान मै छु ।
चुनाव केन्द्रित भेटघाट त तिव्र बनाउनु भएको छ ? तपाईँलाई क्षेत्रका जनताले जिताउनु पर्ने कारण के छन् ?
मैले खाली २ ३ वटा विषयमा मात्र राख्छु समग्रमा। पहिलो कुरा त म एउटा सामाजिक अभियन्ता हुँ। किनभने समाज छ, समाजमा जनता छन्, नागरिक छन्, त्यहाँ हामी छौँ। नागरिकहरुको आफ्ना केही अपेक्षाहरु हुन्छन्, चाहनाहरु हुन्छन्। उनीहरु सम्पर्क सम्बन्ध विस्तार गर्न चाहन्छन्। त्यसो हुँदा खेरी समाजको आवश्यकतालाई हामीले मध्यनजर गर्छौँ। त्यो काम मैले गर्छु। समाजमा कहिलेकाहीँ उनीहरुको पहुँच पुग्दैन। समाजमा रहेका नागरिकहरुको पहुँच माथिसम्म पुग्दैन। जस्तै मुटु रोग लागेर गाउँमा छन् भने ती मुटु रोगीहरु काठमाडौँमा भएको विशेषज्ञ सहितको अस्पतालमा उनीहरुको पहुँच पुग्ने स्थिति हुँदैन। त्यस्तो बच्चाको लागि हामीले एउटा स्वास्थ्य शिविर गर्यौँ अस्ति हामीले कुनै बेला। काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरहरु ल्याएर गर्यौँ। धेरै रोगीहरुको पहिचान गर्यौँ र निरन्तर ती रोगीहरुलाई हामीले काठमाडौँ लगेर निःशुल्क ओपन हार्ट सर्जरी गरेर हामीले ल्यार्यौँ। त्यो काम हामी सामाजिक अभियानका रुपमा गर्छौँ।

हामीले कन्काई नगरपालिकामा स्कुलका विद्यार्थीहरुलाई दन्त स्वास्थ्य शिविर गर्यौं। दाँतका समस्याहरुको हामीले काठमाडौँका विशेषज्ञ डाक्टरद्वारा जाँच गर्यौ। यस्तो काम एउटा भयो।दोस्रो काम चाहिँ हामी के गर्दैछौं त भन्दा खेरी हरेक सिजनल जाडो मौसममा बच्चाबच्चीहरुलाई न्यानो कपडा वितरण। कतिपय अभिभावकहरु आफ्ना नानीहरुलाई न्यानो लुगा किन्न नसक्ने अवस्थामा पनि हुनुहुन्छ । त्यसका लागि हामीले जोहो गर्यौं र हाम्रो क्षेत्रका धेरैवटा विद्यालयमा न्यानो कपडा बाँडियो । यो मेरो उम्मेद्वारी टुंगो लाग्नु भन्दा अघि कै कुरा हो । यो वर्ष नै मैले जाडो मौसममा १५ वटा विद्यालयका करिब २५०० विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेँ। यो सामाजिक अभियानको कुरा भयो।
तपाईं निर्वाचन हुँदा पनि नुहँदा पनि जनतासँगै देखिनुहुन्छ । जनतामा भौतिक समस्या मात्र छन् कि अरु पनि समस्या छन् ?
जनता भनेको समाजको एउटा अंग हो । त्यसैले जनताको अवस्था ठिकठाक हुँदा समाजको अवस्था ठिक हुने हो । समाज ठिकठाक अवस्थामा हुँदा राजनीति पनि ठिकठाक अवस्थामा रहने हो । तर समाज आज डिप्रेसनतर्फ गइरहेको छ। सकारात्मक भन्दा नकारात्मक कुरा गर्ने, अराजकताको कुरामा बढवा दिने—यो ढंगले समाज अगाडि बढिरहेको छ। यो के कारणले भन्दा खेरी हाम्रा केही बुझाइहरुमा केही कमी छ। त्यसो भएको हुनाले हामीले ध्यान गर्दैनौँ, ध्यान शिविर सञ्चालन गर्दैनौँ, नियमित ध्यान गर्दैनौँ र अनि हामी अराजकता र डिप्रेसनतिर फस्छौँ। यस्ता विषय पनि मेरो निर्वाचनका क्रमम उठ्छन् । हामीले केवल भौतिक विकासको कुरा गरेर मात्र हुदैन । आम मानिसको जीवनसँग सम्बन्धित विषयलाई पनि राजनीतिको एउटा अंग बनाउनु पर्दछ भन्ने लाग्दछ । यसै विषयलाई मध्य नजर गरेर यस क्षेत्रको साँसदै हैसियतमा हामीले झापा निर्वाचन क्षेत्र नम्बर ४ का ६५ वटा माध्यमिक विद्यालयका सबै हेडसरहरु, त्यसपछि नगरपालिकाका कर्मचारीहरु लगायत केही पत्रकार साथीहरुलाई राखेर हामीले ध्यान शिविर सञ्चालन गर्यौँ। त्यसबाट उनीहरुले के प्राप्त गरे त भन्दा खेरी रोग नलाग्ने, प्रेसरबाट बच्ने, अनिदोबाट बच्ने, एन्जाइटी—यी तमाम विषयबाट बच्ने गरी हामीले एउटा सामाजिक अभियान गर्यौं। ध्यान शिविरमा मान्छेहरुलाई केन्द्रित गर्यौं। योग ध्यानको आयाम पनि विगत दिनमा गर्यौँ। यो सामाजिक अभियानहरु हामी निरन्तर गरिराखेका छौँ। हिजो पनि गर्यौँ, आज पनि गर्दैछौँ र भोलि पनि गर्छौँ। यो एउटा मेरो विषय भयो।
तपाईं एउटा उद्यम क्षेत्रको राजनीतिज्ञ पनि हो । निर्वाचन क्षेत्रका जनतालाई उद्यमशिलतासँग कसरी जोडिरहनु भएको छ ?
जनताको एउटा ठुलो समस्या अहिले बेरोजगारी हो । त्यसलाई समाधान गर्नका लागि मेरो प्रयास रहन्छ । सबै युवाहरुको एउटा सपना हुन्छ—हामी देशमै काम गरौँ, देशमै रोजगार पाउँ, राज्यलाई बलियो बनाऔँ, धनी मुलुकको नागरिक हौँ भन्ने सपना हुन्छ। तर हामी बोल्छौँ मात्रै, केही गर्दैनौँ। सबै नेता बोल्छन्, गर्दैनन् केही। त्यसकारण एल.पी. साँवा लिम्बूले केही न केही गर्नुपर्छ निर्वाचन क्षेत्रमा । भनेपछि हामीलेुझापा इनर्जी लिमिटेड स्थापना गरेर २२ विघा जमिन किन्यौँ। १० मेगावाटको सोलार पार्क बनायौं। हामीले १०० रुपैयाँको सेयर मार्केटको बजारलाई आज १७०० मा चल्ने ठाउँमा पुर्यायौँ। भनेपछि त्यहाँ यही झापाली जनताकै लगानी छ। उनीहरुको १ लाख होला, २ लाख होला, ५० हजार होला, उनीहरुकै पैसा बढ्यो। हामी १ अर्बको क्यापिटललाई आज ६ अर्बको क्यापिटलको ठाउँमा पुँजी बजारमा पुर्यायौँ। यसले गर्दा उनीहरुको पुँजी पनि बढ्यो, कन्फिडेन्स बढ्यो, रोजगार सिर्जना भयो र राज्यलाई पनि हामी ट्याक्स तिर्ने ठाउँमा पुग्यौँ। यो मेरो दोस्रो काम भयो।
तेस्रो काम चाहिँ अब हामी पार्लियामेन्टेरियनको नाताले, जनताको अपेक्षा के हुन्छ भने विकास निर्माणको काम पनि गरोस् भन्ने हुन्छ। तर सांसदहरुको मूल काम चाहिँ नीति निर्माण गर्ने, नीति बनाउने, कानुन बनाउने हो। तर यसका बीच पनि जनताले चाहिँ विकास निर्माणकै अपेक्षा गर्छन्। हामी के गर्दैछौँ भने निरन्तर विकास निर्माणको अभियानमा म निरन्तर लागिरहेको छु ।
के के गर्नुभयो त ?
एउटा साँसदको हैसियतमा यस क्षेत्रको प्रतिनिधिको हैसियतमा मैले तुलनात्मक रुपमा धेरै गरेको छु । पहिलो कुरा सताक्षीधाम झिलझिले, झिलझिले हल्दीबारी, जनता हुँदै ओकलबाडीसम्म पुग्ने गरी अहिले चौरिसम्म कालोपत्रे सम्पन्न भयो। त्यहाँ एउटा पुल बनाउन बाँकी छ, हामी त्यसमा पनि छौँ।
पारिपट्टि अमरपथ सडक पिच गरियो । सुरुङ्गा(शरणमती टामाटोली हुँदै इन्डियाको सिमा क्षेत्र डिगल बैंकसम्मको सडक हामीले बनाइसक्यौँ। यो उत्तर(दक्षिणको दुइटा लाइफलाइन हो। दक्षिणी भेगका नागरिकहरुको सहजताको लागि हामीले हुलाकी मार्गको निर्माण गरिसक्यौँ। महेन्द्र राजमार्गलाई ६ लेन र ८ लेन निर्माण गर्ने क्रम जारी छ। यो सँगसँगै बीचका थुप्रै संघको कार्यक्षेत्र भित्र भएका कामहरु निरन्तर गर्दैछौँ। यो भनेको सडक पूर्वाधारको विषय भयो। यो निरन्तर छ, चलिराखेको छ। यस्ता अनेकौं काम भइरहेका छन् । जुन यस क्षेत्रका जनताले महसुष गर्नुभएको छ ।
अब तपाईंको उम्मेद्वारी किन ?
मैले अघि नै धेरै कुरा भनिसकें । म साँसद भए देखि नै यस क्षेत्रको विकासका लागि सुरु गरेका काममध्ये केही सम्पन्न भइसके । केही सम्पन्न हुने क्रममा छन् । केही भर्खर सुरु हुदैछन् । एउटा जनप्रतिनिधिको नाताले यस क्षेत्रका जनतालाई आधारभुत सुविधा दिनु मेरो कर्तव्य हो । र,थाले अधुरो योजना पुरा गर्नु दायित्व पनि । त्यही दायित्वत्रोधले मलाई फेरी निर्वाचनमा हेलिनुपर्ने स्थिती सृजना गर्यो । त्यसको लागि म जनतासँगको अपेक्षा के हो भने हामीले विकास निर्माणको काम थालनी गरेका छौँ, निरन्तर अगुवाइ गरिराखेका छौँ। अझै केही गर्न बाँकी छ। हिजो थालेका कामहरुलाई पूर्णता दिनु छ, सम्पन्न गर्नु छ। त्यसैले म अहिले यहाँ आइराखेको छु। यो कुरा क्षेत्र नं ४ का मतदाताले बुझ्नुहुनेछ भन्ने विश्वास छ ।
जनतामा चाहिँ एलपी साँवा जसरी जनतासँग जोडिनुपर्ने हो, त्यसरी जोडिन सकेनन् भन्ने गुनासो छ नि त। यसमा तपाईंको भनाइ के छ ?
मलाई लाग्छ केही गुनासोहरु स्वाभाविक छन्। किनभने झापा निर्वाचन क्षेत्र ४ मा २८ वडा छन्। एक वडामा एक दिन घुम्नु पर्यो भने २८ दिन लाग्छ। दक्षिण जाँदा उत्तर छुट्छ, उत्तर जाँदा दक्षिण छुट्छ। घुमेर मिलाएर गर्दा दुई महिना लाग्छ। दुई महिनामा आउँदा फेरि भुलिन्छ। उसैले हात मिलाएर दाइ सन्चै हुनुहुन्छु भन्छ, दुई महिनामा पुग्दा ुकहाँ हरायोु भन्छ फेरि। त्यो भन्नु स्वाभाविक हो।
दैनिकिमा वडा अध्यक्षले पनि आफ्नो वडाभरि भेटेर घुमेर सकेको हुँदैन। अब केन्द्रीय सांसद भएकोले अलि कम भेटघाट भएको कुरा सत्य हो। तर अब जनताको यो अपेक्षालाई हामीले पुरा गर्नुपर्छ, भेटघाटलाई निरन्तरता दिनै पर्छ। केही कमजोरी छन् भने मतदाताले भन्नुहुनेछ । ती कुरा सच्याउने मेरो प्रतिवद्धता रहन्छ । एउटा कुरा चाँही के हो भने झापा ४ मा जहाँ समस्या त्यहाँ एलपी साँवा लिम्बू भन्ने मानक स्थापना भइसकेको छ । चुनाव जित्ने मेरो मुख्य आधार पनि यही हो । जनताले समस्या पर्दा मलाई सम्झनु भनेको नेकपा एमालेलाई सम्झनु हो । नेकपा एमालेको जनप्रतिनिधिलाई सम्झनु हो । जनताको यो अपेक्षमा म कहिले कमि आउन दिने छैन ।






प्रतिक्रिया