अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका विरुद्ध हुने कुनै पनि समर्पण अस्विकार्य : अध्यक्ष ओली

देशका विरुद्ध हुने कुनै पनि समर्पण अस्विकार्य : अध्यक्ष ओली



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका विरुद्ध हुने कुनै पनि समर्पण अस्विकार्य हुने बताउनुभएको छ ।
आगामी निर्वाचनमा घोषणा पत्र तयारीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा विज्ञहरुसँग सुझाव लिने क्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । उहाँले राष्ट्रियता,सार्वभौमिकता,राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समपर्णबाट हुन नसक्ने भन्दै त्यसको प्रतिरोध,प्रतिवाद र प्रतिरक्षा हुने बताउनुभएको छ ।
अध्यक्ष ओलीले सरकारले हालसम्म पनि निर्वाचनको वातावरण बनाउन नसकेको उल्लेख गर्नुभयो । ‘पार्टीले हाल राज्यले गरेका गतिविधि नजिकबाट नियाली रहेको छ ’ अध्यक्ष ओलीलाई उधृत गर्दै प्रचार तथा प्रकाशन संयोजक मीनबहादुर शाहीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘सरकारले आजका दिनसम्म पनि निर्वाचन निष्पक्ष,स्वतन्त्र र धाँधली रहित ढंगले गर्ने वातावरण बनाउन सकेको छैन । ’
अध्यक्ष ओलीले २०७२ को भूकम्पपछि एमालेले पुननिर्माणको नेतृत्व गरेको स्मरण गराउँदै सुदृढ र तल्लो निकायसम्म संगठन भएकोले भदौको विध्वंसपछिको निर्माण पनि एमालेले गर्ने बताउनुभएको छ । ‘नेकपा एमाले सुदृढ संगठन,व्यापक जनमत र सर्वाधिक लोकप्रिय पार्टीका रुपमा स्थापित रहेको छ । भूकम्पले पुर्याएको क्षतिको पुननिर्माण उदाहरणीय रुपमा सफल पारेको एमालले ’ शाहीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘गत भदौको विध्वसंले राष्ट्रियता,लोकतन्त्र र संविधानमा पुर्याएको क्षतिको पुननिर्माण ’क्षतिको पुननिर्माण,राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्च मनोबलका साथ प्रदान गर्नेछ । ’